२२ जेठ २०८३, शुक्रबार

क्लब डेजाभूका सञ्चालक पक्राउ

फागुन ११, २०७५
क्लब डेजाभूका सञ्चालक पक्राउ

काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीले क्लब सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाजिर गराएको थियो।
त्यसलगत्तै उनीहरूविरुद्ध थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। उनीहरूविरुद्ध परिसरमा साढे ३ करोड रुपियाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्