
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि सार्ने तयारी गरिएको हो ।
‘त्रिवि नियममित तालिकाअनुसार स्ववियुको निर्वाचनको तयारी गरेको हो, त्रिवि शिक्षाध्यक्ष प्रा सुधा त्रिपाठीले भनिन्, फागुनबाटै परीक्षा शुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्ने गर्ने गरी तयारीमा छौं ।’ कान्तिपुरमा खबर छ ।