
काठमाडौं– हुँदै नभएको ठाउँमा तुइन विस्थापित गरी पुल बनाउन ‘फर्जी’ निवेदन पेस भएको पाइएको छ । सरकारले ०७२ देखि तुइन विस्थापनका लागि स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन वृज विभागले कार्यक्रम अघि बढाएको हो ।
तुइन विस्थापनका लागि स्थानीयबाट निवेदन माग गर्ने र सर्भेपछि बजेट निकासा दिने गरिएको छ । ‘यो वर्ष माग भइ आएका ३६ निवेदन मध्ये ६ वटा मात्रै तुइन रहेको र तिनलाई विस्थापन गरी पुल बनाउनु पर्ने रहेछ । अरु सबै तुइन नभएको ठाउँमा पुल बनाउन भन्दै बजेट माग गरिएको पाइयो’, स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्स ब्रिज डिभिजनका प्रमुख कुमार थापाले भने ।, अन्नपूर्ण पोस्टमा खबर छ ।