
धरान- धरान उपमहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले घरको कामदारलाई उपमहानगरबाट मासिक तलब भुक्तानी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन शुरु गरेको छ ।
कार्यबहाक मेयर भण्डारीले घरमा काम गर्न राखेकी कामदार गीता मगरलाई उपमहानगरपालिकाको कार्यालय सहयोगी पदमा नियुक्ति गरी मासिक तलब भुक्तानि गरेको विषयमा समाचार आएपछि अख्तियारले छानबिन शुरु गरेको हो । कार्यबहाक मेयर भण्डारीले आफ्नो घरको कामदार मगरलाई मंसिर १ देखि कार्यालय सहयोगीमा नियुक्ति दिएर उपमहानगरबाट मासिक १६ हजार दुई सय ३० रुपैयाँ दिँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।