०८ असार २०८३, सोमबार

आइसक्रीम खाएपछि ९ वर्षीया बालिकाको मृत्यु

फागुन १२, २०७५
आइसक्रीम खाएपछि ९ वर्षीया बालिकाको मृत्यु

काठमाडौं — बेलायतमा बस्ने नौ वर्षीया एक बालिकाको स्पेनमा छुट्टी मनाउन जाँदा आइसक्रीम खाएर मृत्यु भएको छ । 

बालिकाको परिवारका मानिसले बताएअनुसार, उनले खाएको आइसक्रीममा बदामको अंश थियो र बालिकालाई बदामको एलर्जी थियो । तर उनलाई आइसक्रीममा बदाम नभएको भनी बताइएको थियो । 

बालिकाको नाम हबीबा चिश्ती हो । उनलाई बदामको एलर्जी भएकाले मातापिता एकदमै सावधान रहन्थे । 

तर स्पेनको कोस्टा डेल नामक स्थानमा आइसक्रीम खाएको केही समयमै बालिका बिरामी भइन् । 

बालिकासँग उनका मातापिता र दुई भाइबहिनी पनि गएका थिए । परिवारले एक स्थानीय पसलबाट आइसक्रीम किनेको थियो । त्यो खाएर होटल फर्केपछि बालिका बिरामी भइन् । उनलाई मालागाको अस्पतालमा लगियो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्