२३ जेठ २०८३, शनिबार

हिउँ जमेपछि उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

फागुन १२, २०७५
हिउँ जमेपछि उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

ठिनी- सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महिनादेखि यातायात सेवा प्रभावित बनेको छ । 

सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ ।

सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको सक्रियतामा सडक खुलाउन शुरू गरिएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । 

अध्यक्ष विष्टका अनुसार घन, गल, गैती, बेल्चालगायतका सहायताले हिउँ पन्छाएर सडक खुलाउन थालिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका एक महिनादेखि सडक यातायातबाट विच्छेद छ । चिसो बढेपछि गत कात्तिकमा बेसी झरेका उपल्लो मुस्ताङवासी केही दिनयता बढेको गर्मीसँगै घर फर्कन थालेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्