१५ असार २०८३, सोमबार

घारमै मर्न थाले मौरी, कृषक चिन्तित

फागुन १२, २०७५
घारमै मर्न थाले मौरी, कृषक चिन्तित
फाइल फोटो

हुम्ला- हिमाली जिल्लामा हिउँदको दुई महिना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् । 

स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् ।

दुई महिनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताए । 

अत्यधिक चिसो र हिमपातका कारण मौरीलाई चरन अभाव हुँदा घारभित्रै मर्न थालेको खार्पुनाथ गाउँपालिका–५ का कृषक रामजित भण्डारीले बताए । जिल्लाका कृषकले पालेको मौरी १०० बढी घारमा मरेको देखिएको उनले बताए । 

जिल्लामा दश वर्षयताकै चिसो र हिमपात भएकाले चरन अभाव भएर मौरी घारमै मरेको हुनसक्ने कृषकहरूले आशङ्का गरेका छन् । एक माना महको एक हजारदेखि एक हजार २०० रुपैयाँसम्मको मूल्यमा बिक्री गर्ने गरेको मौरीपालक कृषक शाहीले बताए । मौरी घारमै मर्ने गर्नाले आफूहरूलाई निकै समस्या भएको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्