३० जेठ २०८३, शनिबार

बहुमत नेताले मध्यरातमा बुझाए ओलीलाई समानान्तर प्रतिवेदन

फागुन १३, २०७५
बहुमत नेताले मध्यरातमा बुझाए ओलीलाई समानान्तर प्रतिवेदन

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण कार्यदलका बहुमत सदस्यले पार्टी एकता र कार्यविभाजनलगायत एजेन्डा टुंगो लगाउन आठबुँदे मापदण्ड प्रस्ताव गरेका छन् ।  

कार्यविभाजनमा ‘एक व्यक्तिः एक पद’ को मादपण्ड अपनाएर १४७ सदस्यीय पोलिटब्युरो कमिटी गठन गर्नुपर्ने उनीहरूको प्रस्ताव छ ।

 कार्यदलका ९ मध्ये ५ सदस्यले अध्यक्ष केपी ओलीलाई आइतबार राती  ७ पृष्ठ लामो समानान्तर प्रतिवेदन बुझाएका हुन् । उनीहरूले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबारै सो प्रतिवेदन बुझाइसकेका छन् । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–केन्द्रीय सचिवालयले ९ फागुनमा कार्यदल भंग गर्ने निर्णय गरेको थियो । त्यसप्रति असहमति जनाउँदै योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन, लेखराज भट्ट र सुरेन्द्र पाण्डेले छुट्टै प्रतिवेदन बुझाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्