
भारत- पुलवामा आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।
पाकिस्तानी सेनाले भारतीय बायुसेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको र पाकिस्तानी हवाई सेनाको जवाफी कार्वाहीपछि फर्किएको जनाएको छ ।
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले हमलालाई लिएर एक ट्वीट गर्दै पाकिस्तानमाथि भारतको आक्रमणलाई लिएर अभिव्यक्ति दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, 'भारतीय वायुसेनालाई सलाम !'
त्यस्तै बलिउड कलाकार परेस रावलले पनि हमलालाई लिएर ट्वीट गर्दै भारतीय सेनाको साहसलाई धन्यवाद भनेका छन् ।