
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१ औं साधारणसभाबाट पारित १० प्रतिशतबोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर मिति फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
सोपश्चात् बैंकको जारीतथाचुक्तापूँजी रु. ८,८३४,२२८,६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइ नसकेको परिप्रेक्ष्यमाउक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनी महानुभावहरूमा आग्रह समेत गरिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७७शाखाकार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा एटीएम विस्तारित काउन्टर, शाखारहित बैंक सेवा लगायतमार्फत आफ्नो उपस्थिति थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।