३१ जेठ २०८३, आइतबार

नियन्त्रण रेखा पार गरेको भारतीय वायुसेनाले गर्‍यो पुष्टि

फागुन १४, २०७५
नियन्त्रण रेखा पार गरेको भारतीय वायुसेनाले गर्‍यो पुष्टि

काठमाडौं — भारतीय वायुसेनाका सूत्रहरूले वायुसेनाका विमानले नियन्त्रण रेखा पार गरेर अनेकौं ठेगानामा बम आक्रमण गरेको पुष्टि बीबीसीलाई गरेका छन् । 

वायुसेना सूत्रहरूले बीबीसी संवाददाता जुगल पुरोहितलाई यस कारवाहीको जानकारी दिँदै मंगलवार बिहान अम्बालाबाट अनेकौं मिराज विमान उडाएको र अन्तर्राष्ट्रिय सीमाको उल्लंघन नगरिकनै निश्चित लक्ष्यमा बम बर्साएको बताए । 
विमानहरूले नियन्त्रण रेखा पार गरेर बालाकोटमा बम बर्साएका हुन् । 

सूत्रहरूका अनुसार, यो कारवाही आधा घन्टामा पूरा भएको हो । विमान सबा ३ बजे बिहान उडेर पौने ४ बजेसम्ममा फर्किसकेका थिए । 

इसअघि पाकिस्तानी सेनाले बिहान भारतीय वायुसेनाले भा।त पाकिस्तान नियन्त्रण रेखा उल्लंघन गरेर पाकिस्तानी सीमामा घुसपैठ गर्ने कोशिश गरेको दाबी गरेको थियो । 

भारतीय सञ्चारमाध्यममा इन्डियन एयर फोर्सका सूत्रहरूलाई उद्धृत गर्दै भारतका लडाकू विमानहरूले बिहान पौने ४ बजे बालाकोटनजिक जैश ए मोहम्मदको एक क्याम्पमा आक्रमण गरेर त्यसलाई ध्वस्त पारेको छापे । 

भारतले यसको आधिकारिक पुष्टि भने गरिसकेको छैन ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्