२५ जेठ २०८३, सोमबार

बिरामीलाई घर फर्काएर चिकित्सक आन्दोलनमा

फागुन १५, २०७५
बिरामीलाई घर फर्काएर चिकित्सक आन्दोलनमा

बुटवल- गुल्मीको तम्घासबाट घाँटीको समस्या लिएर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि आएका रमेश बुढाथोकी अस्पतालको टिकट काउन्टर पुग्दा बन्द देखे । के कारणले बन्द भएको भनी सोधखोज गर्दा चिकित्सकको आन्दोलनका कारण थाहा पाएपछि उनी घर फर्किन बाध्य भए । 

कुकुरले टोकेको सुई लगाउन योगिकुटीबाट अस्पतालका आएका रामबहादुर कुमाल अस्पतालको काउन्टर बन्द देखेपछि अलमल परे । सोधखोज गरीपछि उनी इमरजेन्सीतर्फ लागे । बुटवलकी सीता गिरी पनि पेट सम्बन्धी जाँच गर्न अस्पताल पुगेकी उनी ओपीडीमा बिरामी डाक्टरले हेर्दैनन् भनेपछि निराश भएर फर्किए । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्तालमा कार्यरत चिकित्सकहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । सरकारी चिकित्सक नेपालले सरकारले शुरू गरेको कर्मचारी समायोजनाप्रति असन्तुष्टि जनाउने आन्दोलनमा उत्रिएका हुन् । जसले गर्दा उपचारमा टाढा टाढाबाट आएका बिरामीहरू फर्किन बाध्य भए । कर्मचारी समायोजनमा चिकित्सक एक प्रदेशबाट अर्को प्रदेशमा जान नपाउने, संघबाट स्थानीय तहमा जान नपाउने, स्थानीय तहबाट अन्य ठाउँमा जान नपाउने नीतिको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

बुधवारदेखि बिहानदेखि नैं लुम्बिनी प्रादेशिक अस्तालमा आएका बिरामीहरू ओपीडीमा टिकट नकाटिएपछि घर फर्किन बाध्य भएका हुन् । 

लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. नेत्र राना सम्पूर्ण सरकारी चिकित्सकहरू संघ मातहत नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताए । उनले भने, ‘सहसचिव लेवलसम्मका चिकित्सकहरूलाई सरकारले प्रदेश र स्थानीय तह मातहत रहने गरी कर्मचारी समायोजन अगाडि बढाएको छ । यो हामीहरुलाई स्वीकार्य छैन । यसले एमबीबीएस पास गरेका चिकित्सकहरूको स्थानीय तहमा गएपछि बढुवा हुँदैन ।’ लुम्बिनी अञ्चल अस्पतालमा दैनिक एक हजारभन्दा बिरामी उपचारका लागि आउने गर्छन् । प्रादेशिक अस्पतालका २५ जना डाक्टरहरूले हस्ताक्षरसमेत गरेका छन् ।

चिकित्सक समायोजन लगायतका विभिन्न मागहरू राखेर विगत केही महिनादेखि चिकित्सकहरू आन्दोलित छन् । लामो सयमसम्म पनि आफूहरूमा माग समाधान नभएपछि राज्य संवेदशील नभएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ । निजी क्लिनिकहरूमा पनि आफूहरूले बिरामी नहेर्ने बताएका छन् । पटक-पटकका चिकित्सकहरूका आन्दोलनले विरामीहरू मर्कामा पर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्