
काठमाडौं, ३० फागुन – कप्तान ज्ञानेन्द्र खड्का केन्या विरुद्धको खेलमा निकै आक्रमक रुपमा प्रस्तुत भएका छन् । उनले २४ बल खेल्दा २६ रन बटुलेका छन् ।
उनले मैदानमा दीपेन्द्रसिंह ऐरीसँग गतिलो साझेदारी गरेका छन् । सुरुवाती ब्याट्स म्यानहरु सुनिल धमला र सागर पुन सस्तैमा आउट भएपनि ज्ञानेन्द्र चाहिँ जमेर खेलिरहेका छन् ।
उनले २७ बल खेल्दा ६ चौका हानिसकेका छन् । उनको ब्याटिङ यसरीनै जमिरह्यो भने नेपालाई १ सय ५६ रनको लक्ष्य भेटाउन खासै गाह्रो हुँदैन ।
९ ओभरको खेल चलिरहँदा नेपालले २ विकेट गुमाएर एक सय ५० रन बटुलेको छ ।