२७ जेठ २०८३, बुधबार

मन्त्री अधिकारीको परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रधानमन्त्री

फागुन १५, २०७५
मन्त्री अधिकारीको परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रधानमन्त्री
प्रम केपी शर्मा ओली

काठमाडौं– हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर सान्त्वना दिन प्रधानमन्त्री केपी शर्मा ओली पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन् । 

त्यहाँ बुधबार साँझ पुगेका उनले स्वर्गीय अधिकारीका परिवारलाई भेटेर श्रद्धाञ्जलीका साथै सान्त्वना दिएका थिए ।  सो क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरीराजमणि पोखरेललगायतपनि सहभागि दिए ।  दुर्घटनाको खबरपछि आजै कास्कीबाट अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ ल्याइएको थियो । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्