०१ असार २०८३, सोमबार

पर्यटनमन्त्रीको निधनमा वामदेवले भने– नेपाल राष्ट्रको लागि अपूरणीय क्षति

फागुन १५, २०७५
पर्यटनमन्त्रीको निधनमा वामदेवले भने– नेपाल राष्ट्रको लागि अपूरणीय क्षति

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीकाे निधन भएकोमा नेकपा नेता वामदेव गौतमले दु:ख व्यक्त गरेका छन् । 

बुधबार साँझ एक शोक वक्तव्य जारी गर्दै गौतमले कम्युनिष्ट आन्दोलनका एक उदीयमान नेता र जनप्रिय जनप्रतिनिधि अधिकारीको निधनले देशको लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 

उनले दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सबै ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्