०८ साउन २०८३, शुक्रबार

बुटवलमा भारी असिना र पानी, हिउँदेबालीमा क्षति

फागुन १६, २०७५
बुटवलमा भारी असिना र पानी, हिउँदेबालीमा क्षति

बुटवल– रुपन्देहीको बुटवललगायतका क्षेत्रमा असिनासहित पानी परेको छ । धेरै वर्षपछि बुटवलमा बाक्लो असिना परेको स्थानीयले बताए । बुटवल उपमहानगरसँगै आसपासका क्षेत्रमा भारी असिना सहित पानी परेको हो । 

असिनासँगैको पानीले जनजीवन प्रभावित बन्यो । बिहीबार बिहान ७ बजेदेखि परेको असिनासहितको पानी करिब आधा घण्टासम्म लगातार परेको थियो । असिनाका कारण बुटवलका सडक तथा खाली जग्गा सेताम्मे भएका छन् । 

असिनाले हिउँदेबालीमा क्षति पुराएको छ । असिनाले पसाउन लागेको गहुँ, हिउँदे तरकारी तथा दलहन बालीमा क्षति गरेको हो । क्षतिको विवरण आइसकेको छैन ।


 

salt training

कमेन्ट गर्नुहोस्