२० असार २०८३, शनिबार

अटो चालक मनोज, जसले ‘फ्री’मा यात्रा गराइरहेका छन्

फागुन १६, २०७५
अटो चालक मनोज, जसले ‘फ्री’मा यात्रा गराइरहेका छन्

भारत- केही दिनयता भारत र पाकिस्तानबीच तनाव चर्किएको छ । भारतीय दाबीअनुसार पहिला पाकिस्तानले पुलवामा भन्ने ठाउँमा हमला गर्‍यो । तर त्यसलाई पाकिस्तानले स्वीकार गरेन । पाकिस्तानले आफूनै आतंकवादविरुद्ध लागिरहेको अवस्थामा हामी किन अरूमाथि आक्रमण गर्छौं ? भन्ने खालको जवाफ फर्कायो ।

पुलवामा हमलाको जवाफ भन्दै भारतले पाकिस्तानको भूमिमा बम खसाल्यो । त्यसलाई भारतले ठूलै सफलताको रूपमा लियो । भारतभर खुशी छायो । यसैबीच दिल्लीका एक अटो चालकले सेना आफ्नो काममा सफल भएको भन्दै फरक ढंगबाट खुशी साटे ।

दिल्लीका मनोज नाम गरेका अटो ड्राइभरले सेनाको उक्त कारवाहीपछि यात्रुहरूलाई ‘फ्री’मा यात्रा गराए । न्यूज एजेन्सी एएनआईसँग मनोजले भने, ‘मैले खासै ठूलो काम त गर्न सक्दिनँ । तर यात्रा नि:शुल्क गराइरहेको छु । म आज खुशी छु र कसैसँग पनि पैसा लिइरहेको छैन ।’

मनोजले आफूले फ्रीमा यात्रा गराउने जानकारी एक पोस्टरमार्फत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्