०१ असार २०८३, सोमबार

नेपाल कृषि पत्रकार प्रतिष्ठानका २१ जनाद्वारा सामूहिक राजीनामा

फागुन १६, २०७५
नेपाल कृषि पत्रकार प्रतिष्ठानका २१ जनाद्वारा सामूहिक राजीनामा

काठमाडौँ- नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का निवर्तमान अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । 

गत माघ २६ गते अधिवेशनबाट गोविन्द शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । नयाँ कार्यसमिति चयन भएको एक महिना नबित्दै सो प्रतिष्ठानबाट निवर्तमान अध्यक्षसहित २१ जनाले सामूहिक राजीनामा दिएका हुन् । कृषि पत्रकारिताको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापित भए पनि पछिल्लो समय कार्यसमितिमा नरहेका पत्रकारको नामसमेत जोडेर संस्थाका केही जिम्मेवार पदाधिकारीले व्यक्तिगत लाभ लिने काम गरेको उनीहरुको आरोप छ । 

मुलधारको पत्रकारिता गर्ने कृषि पत्रकारलाई निषेध गर्ने नीति लिएको कारण देखाउँदै साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको निवर्तमान उपाध्यक्ष किरण आचार्यले  बताए । 

salt training

कमेन्ट गर्नुहोस्