२८ असार २०८३, आइतबार

जापानमा बन्यो पतिले पत्नीको मनको कुरा व्याख्या गर्ने याप, भयो आलोचना

फागुन १७, २०७५
जापानमा बन्यो पतिले पत्नीको मनको कुरा व्याख्या गर्ने याप, भयो आलोचना

काठमाडौं — जापानको एक कम्पनीले पत्नीको व्यवहार जान्नका लागि एउटा याप बनाएको छ । साना बच्चाहरूको पालनपोषणमा मातापिताको संलग्नता बढाउनु यापको उद्देश्य रहेको कम्पनीले बताएको छ । 

कम्पनीको वेबसाइटमा दिइएको तर्कअनुसार, महिला र पुरुषबीच झगडा हुन्छ नै किनकि दुवैको संरचना, सर्किट र सिग्नलको हिसाबले दिमागै फरक हुन्छ । उनीहरूले एकैखालको सूचना पाएपनि त्यसमा प्रतिक्रिया फरक फरक हुन्छ । 

तर यो तर्कलाई ग्राहकहरूले विरोध गरेपछि कम्पनीले सुझाव हटायो र ग्राहकहरूसँग माफी माग्यो । 

कोपे नामक यापले ‘माताको भावना पिताका लागि’ भन्ने शीर्षकमा आठवटा सम्भावित प्याटर्नको उल्लेख ग–यो । त्यसमा पत्नी रिसाउँदा के के हुन्छ भनी देखाइयो । अनि त्यसलाई पतिहरूका लागि बनेको वेबसाइटमा अप्लोड गरियो । 

यापले दाबी गरेअनुसार कुनै महिलाले ‘अब हामी सँगै बस्न सक्दौनौं’ भनिन् भने खासमा उनी भन्न चाहन्छिन्, ‘तिमी मेरा बारेमा के सोच्छौ ?’

अनि पत्नीले केही काम गरिरहँदा ‘एकदम गाह्रो काम छ’ भनिन् भने वास्तवमा उनी भन्न चाहन्छिन् ‘मैले गरेको कामको तिमीले प्रशंसा गर्नुपर्छ ।’ 

सामाजिक सञ्जालमा यापको टन्नै आलोचना भयो । एक आलोचकले टिप्पणी गरे, ‘कम्पनी महिलालाई गम्भीरताका साथ लिन पर्दैन भन्ने आशय राख्छ भनी। महिलासँग सहानुभूति राख्नु वा आभार प्रकट गर्नु नै सबैथोक हो भन्ठान्छ यो कम्पनी । यो त सीधै महिलाहरूलाई उपेक्षा गरेजस्तो भयो ।’

यापमा पुरुषहरूलाई पत्नीका प्रश्नबाट बच्नका लागि विषय परिवर्तन गरेर आफ्नो अफिसको समस्याको चर्चा गर्न थाल्ने सुझाव दिइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्