२५ जेठ २०८३, सोमबार

छक्का हान्दै शरदले नेपाललाई जिताए, नेपालको झण्डा लिएर खेलाडी मैदानमा घुमे

कात्तिक २०, २०७४
छक्का हान्दै शरदले नेपाललाई जिताए, नेपालको झण्डा लिएर खेलाडी मैदानमा घुमे
काठमाडौं, ३० फागुन –आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्यासँगको घरेलु मैदानमा भएको दोस्रो खेल नेपालले जितेको छ ।

कीर्तिपुरस्थित मैदानमा भएको खेलमा नेपालले केन्यालाई ७ विकेटलाई जितेको हो । ज्ञानेन्द्र मल्लले ६४, दिपेन्द्र ऐरीले ६२, सरद भेषवाकरले ११ बलमै २४ रन जोडेको खेलमा नेपालले ३१ औ ओभरमा केन्याले दिएको १५६ रनको लक्ष ३ विकेटको क्षतिमा पुरा गरेको हो ।

जित निकाल्ने क्रममा जितका लागि २ रन आवश्यक भएकोमा शरद भेषवाकरले छक्का हान्दै जित निकालेका हुन् ।

जित निकालेसँगै नेपाली खेलाडीले राष्ट्रिय झण्डा सहित दर्शकलाई अभिवादन गरेका थिए । त्रिवि मैदानमा उपस्थित क्रिकेट समर्थकले नेपालको पक्षमा हुटिङ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्