३० जेठ २०८३, शनिबार

कपिलबस्तुबाट सुटुक्क काठमाडौं आए ओली, प्रचण्डलाई भेट्न पुगे बालुवाटार

कात्तिक २०, २०७४
कपिलबस्तुबाट  सुटुक्क काठमाडौं आए ओली, प्रचण्डलाई भेट्न पुगे बालुवाटार
काठमाडौँ, ३० फागुन – सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ ।Prachanda_oli

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीसँको भेटमा सो आग्रह गरेका हुन् ।
प्रमले एमालेका अध्यक्ष शर्मासँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गरेको बताइएको छ ।
अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई अनुरोध गरे ।
प्रधानमन्त्रीको आग्रह सकारात्मक भए पनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राखेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडि बढाउने समझदारी पनि दुई नेताबीच भएको स्पष्ट गरे ।

एमालेद्वारा आयोजित मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कपिलवस्तुको आमसभा छाडेर ओली आज मात्रै काठमाडौं आएका थिए ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच करिब डेढ घन्टा कुराकानी भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्