२६ जेठ २०८३, मंगलबार

ग्याल्बो ल्होसारमा प्रधानमन्त्रीको सन्देश : सांस्कृतिक विविधता नेपालको पहिचान

फागुन २३, २०७५
ग्याल्बो ल्होसारमा प्रधानमन्त्रीको सन्देश : सांस्कृतिक विविधता नेपालको पहिचान
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।

ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीवार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको उल्लेख गरे । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भने, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।” 

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्