
काठमाडौं – बिहीवार नेपाली बजारमा सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ ।
यसअघि बुधवार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलमा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ ।
चाँदी भने आज ७३५ मा कारोबार भइरहेको छ ।