२९ असार २०८३, सोमबार

शिक्षकको व्यवस्थापनका लागि  एक करोड दिइयो

फागुन २३, २०७५
शिक्षकको व्यवस्थापनका लागि  एक करोड दिइयो

बैतडी–पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । 

नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । 
शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले सो पहल गरेको हो । नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालयलाई गाभेर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिने उनले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सो पहल भइरहेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्