२२ जेठ २०८३, शुक्रबार

सिटीस्क्यान र आइसीयु सेवा शुरू भएपछि स्थानीयवासी खुशी

फागुन २४, २०७५
सिटीस्क्यान र आइसीयु सेवा शुरू भएपछि स्थानीयवासी खुशी

राजविराज- सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरू भएपछि स्थानीयवासी खुशी भएका छन् ।

रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरू गरेको हो ।

उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताए ।  

यसअघि जिल्लामा ती दुवै उपकरण नहुँदा सो सम्बन्धी उपचारका लागि प्रदेश नं १ को विराटनगर वा धरानमा बिरामीलाई लैजान पर्‍थ्यो, अब त्यो सेवा अब सप्तरीमै आइसकेपछि जिल्लावासीमा खुशी छाएको उनको भनाइ थियो ।

आइसीयुको अभावमा कतिपय बिरामीको ज्यान जोखिममा पर्न नदिन जिल्ला बाहिर पठाउनुपर्दा बढी रकम खर्चिनुपरेकाले आफूहरूले ती उपकरण ल्याएको अध्यक्ष ठाकुरले बताए ।

मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटी, पेट हड्डीको समस्यालगायत जटिल रोगका लागि ती उपकरण आवश्यक पर्नेे चिकित्सकहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्