
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाले सरकारबाट लिएको समर्थनप्रति मुख खोलेका छन् ।
सीके राउतसँगको राजनीतिक सहमतिका लागि आयोजित कार्यक्रममा बोल्दै ओलीले समर्थन फिर्ता लिएकोप्रति कटाक्ष गरेका हुन् ।
उनले अदालत र सरकार एउटै नभएको भन्दै समर्थन आवेशमा नआउन समेत राजपालई आग्रह गरे । ‘अदालत राज्यको अंग हो । सरकारको अंग होइन,’ ओलीले भने, ‘अदालतले गरेको निर्णयले आवेशमा नआउनुस्, ।’ यसअघि राजपा नेपालले अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको भन्दै सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो ।