०८ असार २०८३, सोमबार

जम्मा पाँच सेकेन्डमा ध्वस्त भयो करोडौं पर्ने नीरव मोदीको बंगला (भिडियो)

फागुन २४, २०७५
जम्मा पाँच सेकेन्डमा ध्वस्त भयो करोडौं पर्ने नीरव मोदीको बंगला (भिडियो)

काठमाडौं – भारतका फरार हीरा व्यापारी नीरव मोदीको अलीबागमा रहेको बंगला शुक्रवार ध्वस्त पारिएको छ । 

समुद्र किनारामा रहेको १०० करोड भारु पर्ने बंगलालाई १०० वटा विस्फोटक प्रयोग गरेर ध्वस्त पारिएको हो । 

मंंगलवार बंगला ढाल्ने काम शुरू गरिएको थियो । पहिला बंगलाका शीशाहरू फुटाइयो अनि आज ३० हजार वर्गफीट क्षेत्रमा बनेको बंगलालाई पनि ध्वस्त पारियो । शीशासहित बंगला विस्फोट गर्दा अन्य घरमा शीशाका टुक्रा पुग्ने सम्भावना रहने भएकाले पहिल्यै फुटाइएको हो । 

नीरव मोदीमाथि लगभग १३ हजार ७०० करोड भारुको पीएनबी घोटालामा मुख्य आरोपित बनाइएको छ । घोटाला सार्वजनिक भएपछि नीरवका अनेकौं ठेगानामा छापा मारेर सम्पत्ति सीज गरिएको थियो । 

ध्वस्त पारिएको बंगलामा अनेकौं बेडरूम र हल थिए । पहिलो तल्लामा एक हजार वर्गफीटको स्विमिङ पूल पनि थियो । बंगलाबाहिर अवैध तरिकाले गार्डन पनि बनाइएको थियो । 

महाराष्ट्र सरकारले यो बंगला ध्वस्त पार्नका लागि डिसेम्बर ४ मै आदेश जारी गरेको थियो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्