१९ असार २०८३, शुक्रबार

पत्रकारले सीके राउतलाई घेरेर सोधे- जनमत कि जनमत संग्रह ?

फागुन २४, २०७५
पत्रकारले सीके राउतलाई घेरेर सोधे- जनमत कि जनमत संग्रह ?

काठमाडौं- शुक्रवार राष्ट्रिय सभागृहमा भाषण गर्दै आफू राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको सन्देश दिएका डाक्टर सीके राउतलाई कार्यक्रमको समापनपछि पत्रकारहरूले घेरे ।

सम्बोधनअघि जनमतसंग्रह गर्न सरकार तयार रहेको हल्ला सिके राउतको फेसबुक स्ट्याटसबाट चलाइएको थियो तर गृहमन्त्री बादलसँग भएका ११ वटा सम्झौताका बुँदामध्ये कहीं पनि जनमतसंग्रह भन्ने उल्लेख छैन । 

पत्रकारहरूले सोधेको प्रश्नमा सीके राउतले मुख खोल्न चाहेनन् । बरू उनका सहयोगीले पत्रकारहरूलाई आश्वास्त पार्ने प्रयास गरे । 'लोकतन्त्रमा जनताको अभिमत नै अन्तिम निर्णय हुने र त्यसैलाई जनमतसंग्रह या चुनाव जे पनि भन्न मिल्छ,' राउतका सहयोगीले भने, 'शब्दले सरकारसँगको हाम्रो सहमतिलाई नबिगारोस् भनेर नै सहमतिमा 'जनमतसंग्रह' भन्ने शब्द नराखिएको हो ।' 

यसरी प्रश्न सोध्नेमध्ये मधेसीमूलका पत्रकार धेरै थिए । दोहोरो अर्थ लाग्ने खालको सहमति भएको भन्दै उनीहरू स्पष्ट हुन खोजेका थिए । तर सिके राउत बोल्नै नचाहेपछि कसैको केही लागेन । भीड र ठेलमठेल हुँदा पनि शान्तजस्तै देखिएका राउतको अनुहारमा एक खालको चमक थियो । लगातारको जेल यात्राबाट थकित राउत सरकारसँग खुला राजनीति गर्ने सम्झौता भएपछि खुसी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्