२५ जेठ २०८३, सोमबार

मेनपावर व्यवसायी रोहण गुरुङको बसुन्धारास्थित घरमा बम विस्फोट

फागुन २४, २०७५
मेनपावर व्यवसायी रोहण गुरुङको बसुन्धारास्थित घरमा बम विस्फोट

काठमाडौं– मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ । 

अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस्त भएको छ ।  गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत हुन् । 

विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । 

आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।  अहिले घटनास्थलमा प्रहरी र सेना समेत पुगेर अनुसन्धान कार्य सरु गरेको जनाइएको छ । विस्फोटपछि बसुन्धारा क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । तीनसाता अघि मात्रै पनि ललितपुरको नख्खुमा बम विस्फोट भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्