
काठमाडौं– भारतको गुजरातका विवेक व्यास र विमल पोपटले शुरु गरेको श्रद्धाञ्जलि प्लेटफर्म एक अद्वितिय मञ्च हो । यो देशकै पहिला जीवन्त वृत्तान्त पोर्टल हो । जहाँ आफ्ना पूर्वज र प्रियजनको याद गर्न सकिन्छ । उनीहरूसँग जोडिएका यादको तस्वीरद्वारा साझा बनाउन सकिन्छ । एक पटक अनलाइनमा क्रिएट गरेपछि आफै आफन्तलाई प्रत्येक वर्ष दिवंगतको पुण्य तिथीमा सम्झाना सन्देश पठाउन सकिन्छ ।
यसबाट सन्देश पनि पठाउन सकिन्छ । विवेकका अनुसार पोर्टल शुरु गर्दा रमाइलो कहानी छ । उनले भने,‘२०१०–२०११ तिर हामी राजकोटको सडक किनारमा चिया खानका लागि पसलमा रोकियौं । पसलवालाले जुन अखबारमा समोसा बेरर दियो, उसमा केही मान्छेको श्रद्धाञ्जलि (समवेदना) छापिएको थियो । हामीलाई राम्रो लागेन । केही मान्छेको याद केही घण्टाको लागि हुने गर्छ । अनि अखबार रद्दिको टोकरीमा फ्याकिन्छ । अनि हामीले यसको विकल्पको बारेमा सोच्न थाल्यौं । यो याद सधैंका लागि कसरी सम्झिरहन सकिन्छ ।’
विवेकले इन्टरनेटमा भारत र मेमोरियल वेबसाइट एवं अनलाइन ओबिच्युरी एडभर्टिजमेन्ट सर्भिसलाई लिएर व्यापक खोज गरेको बताए । उनले यस्ता केही वेबसाइट भेटाए । जुन डिजिटल विश्वमा एक सम्भावना बन्यो । उनले आफ्ना साथीसँग मिलेर काम गर्न थाले । यो एउटा यस्तो प्लेटफर्म बन्यो कि जहाँ २४ भाषामा सामाग्री (बोयोग्राफी, फ्यामीली ट्री, भिडियो, फाटो) आदि अपलोड गर्न सकिन्छ । साथमा स्टोर र प्रकाशित पनि गर्न सकिन्छ । आफ्नो भाषामा श्रद्धाञ्जलि अर्पण गर्न पनि सकिन्छ । दिवंगतको जन्ममिति, पुण्यतिथी तथा समवेदना दिन सकिन्छ । यहाँ विज्ञपन राखिएको छैन । यसमा वार्षिक या आजीवन सब्क्रििप्शन लिन सकिन्छ ।
केही समय पहिले आइआइएम, अहमदाबाद र एमडीआइ गुरुग्रामजस्ता विद्यालयले श्रद्धाञ्जलि डटकमबाट केस स्टडी पनि गरेका थिए । विवेकले भनेका छन्– ‘अहिले आफ्ना पूर्वज र दिवंगत आफन्तका बारेमा जान्न चुनौति छ । कतिपयले त उनीहरुसँग देखभेट गर्न पनि पाएका हुँदैनन् । भारतमा वार्षिक औषत ७० लाख मानिसको मृत्यु हुने गर्छ । नयाँ पुस्ताले उनीहरुको इतिहास थाहा नपाएका पनि हुन सक्छन् । त्यस्ताका लागि यो उपयोगि हुने गर्छ ।’