०३ असार २०८३, बुधबार

समयको व्यवस्थापन गर्न नसक्दा कर्णाली गरीब - मन्त्री खत्री

फागुन २५, २०७५
समयको व्यवस्थापन गर्न नसक्दा कर्णाली गरीब - मन्त्री खत्री

सुर्खेत- कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्रीले कर्णाली समयको व्यवस्थापन र अनुशासित नबन्दा गरीब भएको बताएका छन् ।

शनिवार वीरेन्द्रनगरमा सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेशको प्रथम साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खत्रीले अनुशासित तथा कर्तव्यनिष्ठ नबनेका कारण कर्णाली गरीब भएको बताए ।

मन्त्री खत्रीले चालकहरुका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउँदै संगठित रुपमा कहाँ के कस्ता समस्या छन ती सबै ल्याउन र समाधानका उपायसहित सरकारसम्म आएको खण्डमा प्रदेश सरकारले ती समस्या समाधान गर्न पहल गर्ने उनको भनाई थियो ।

‘विगतमा संघीय सरकारसँग सहज पहुँच थिएन । जसका कारण सबैका समस्या बढदै गए,’ मन्त्री खत्रीले भने, ‘अब हामी तपाईंहरू मैत्री नीति बनाउन थाल्छौं ।’ उनले अन्य प्रदेशका जनता अमेरीका गएतापनि कर्णालीका जनता भने भारतको कालापहाड जानुपर्ने बाध्यता रहेको बताए । उनले हरेक मजदुरले अब ओभर टाईम वापतको सेवा सुविधा पाउनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्