२८ जेठ २०८३, बिहीबार

क्रिकेट खेलाडीले सेनाको टोपी लगाएकोप्रति पाकिस्तानको आपत्ति

फागुन २६, २०७५
क्रिकेट खेलाडीले सेनाको टोपी लगाएकोप्रति पाकिस्तानको आपत्ति

काठमाडौं– भारतीय क्रिकेट खेलाडीहरूले खेलको समयमा भारतीय सेनाको टोपी लगाएकोमा पाकिस्तानले आपत्ति जनाएको छ । यस विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा उजुरी दिएको छ । 

पाकिस्तान क्रिकेट बोर्डले आईसीसीसमक्ष भारतीय क्रिकेट टिमले क्रिकेटलाई राजनीतिकरण गरेको गुनासो गरेको छ  । भारत र अष्ट्रेलियाबीच राँचीमा भएको एकदिवसिय क्रिकेट खेलमा भारतीय खेलाडीले पुवलामा शहीद भएका भारतीय सुरक्षाकर्मीको सम्मानमा सेनाको टोपी लगाएका थिए । 

भारतीय क्रिकेटरको कृयाकलापप्रति आपत्ति जनाउँदै पाकिस्तानकका विदेश मन्त्री महसुद कुरैशीले आईसीसीले यस विषयमा कदम नउठाए पाकिस्तानी खेलाडीले पनि कश्मीरमा भएको अत्याचारविरुद्ध हातमा कालो पट्टी बाँधेर खेल खेल्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्