२८ असार २०८३, आइतबार

यात्रु नभएको बसमा चरेसकाे तस्करी : १०५ किलो चरेससहित तीन जना पक्राउ

फागुन २६, २०७५
यात्रु नभएको बसमा चरेसकाे तस्करी : १०५ किलो चरेससहित तीन जना पक्राउ

धादिङ- धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाैंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्