२७ जेठ २०८३, बुधबार

महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ, हत्यापछि शव कोशीमा फालिएको आशंका

फागुन २६, २०७५
महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ, हत्यापछि शव कोशीमा फालिएको आशंका

विराटनगर- मोरङको बेलबारी- ४ बाट गत फागुन १७ गते शुक्रवार रातिबाट हराइरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्वारा हत्या गरी फालेकाे हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

स्थानीय २६ वर्षीया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।

अनुसन्धानका क्रममा महिलाको हत्या गरी कोशीमा फालिएको हुनसक्ने भएकाेले साेहीअनुसार अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेज केसीले बताए । शव नभेट्दासम्म योजना बनाएर हत्या गरेकाे भन्न सक्ने अवस्था नरहेकाेले अहिले प्रमाण जुटाउने काम भइरहेकाे एसपी केसीले बताए । अनुसन्धानकाे क्रममा फरक-फरक काेणबाट हेरिने भएकाेले साेहीअनुसार काम भइरहेकाे उनकाे भनाइ छ ।

प्रहरीमा गुरुङले दिएकाे बयानका आधारमा कोशीमा शव बगाएकाे आशङ्कामा २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन । फागुन १७ गतेबाट हराइरहेकी युवती नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रवार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङसमेत बेलबारी छोडेर सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको थियो । 

प्रहरीले शुक्रवार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियाे । युवती हराएको रात उनीहरू सँगै रहेको र उनी घर नफर्किएपछि ती महिलाका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएकाे थियाे । युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेका थिए । उनले गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानकाे क्रममा उनलाई केन्द्रित गरी प्रहरीले उनीमाथि अनुसन्धान थालेकाे थियाे । अनुसन्धानका क्रममा धेरै कुराहरू आएकाे भएपनि प्रमाण जुटाउने क्रममा प्रहरी रहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

बेलबारी ४ बुधबारे निवासी ती महिला पहिलो श्रीमानसँग सम्बन्ध-बिच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन् । गुरुङ भने श्रीमती र छोराहरूसँग काठमाडौंमा बस्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्