०८ असार २०८३, सोमबार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

फागुन २६, २०७५
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

झापा- छुट्टाछुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् । 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ४ ख २०३६ नं को ट्रकले सडक पार गरिरहेका हेमरमलाई आइतवार ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट हेमरमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ । 

यसैगरी पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–५ पाडाजुगीमा शनिवार राति सडक किनारमा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा महेन्द्र भट्टराईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको बा १३ च ७५२७ नं को कारमा मे ९ प २९८८ नं को मोटरसाइकल ठोक्किँदा शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको हो । 

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल कारमा ठोक्किँदा भट्टराईसँगै मोटरसाइकल चालक सोही ठाउँका कुमार गिरी घाइते भएका थिए । घाइते गिरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्