१४ असार २०८३, आइतबार

साउदी अरबको नयाँ नियम, बिदेशी कर्मचारी कटौती गर्दै

कात्तिक २०, २०७४
साउदी अरबको नयाँ नियम, बिदेशी कर्मचारी कटौती गर्दै
काठमाडौं, १ चैत्र– साउदी अरबले महत्वपूर्ण पद तथा रोजगारीका क्षेत्रमा विदेशीको नियुक्ती कटौती गर्दैछ ।

त्यसको ठाउँमा १२ लाख स्थानीय व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।  

‘अल हयात’ समाचारका अनुसार साउदी अरबको श्रम मन्त्रालयले स्थानीय व्यक्तिमा बेरोजगारीको समस्या हटाउन तथा महत्वपूर्ण पदमा हुने विदेशी नियुक्तिलाई हटाउन यस्तो निर्णय गरिएको हो ।

‘अल हयात’ समाचारका अनुसार यसको लागि मन्त्रालयले राष्ट्रव्यापी प्रशिक्षण कार्यक्रम शुरु गरिँदैछ ।

मन्त्रालयले महत्वपूर्ण पदमा साउदी अरबका नागरिकलाई नै नियुक्ति गर्ने तयारी गरेको छ भने त्यहाँ कार्यरत विदेशी कर्मचारीलाई हटाउँदैछ । यो नियम उत्पादन, स्टोर क्षेत्र र विनिर्माणका क्षेत्रमा लागु हुनेछ ।

मन्त्रालयले १६ हजार साउदी अरबका पुरुष र महिलालाई मोबाइल बिक्री तथा मर्मतको रोजगारी दिइएको थियो ।
श्रम मन्त्रालयका अधिकारीले गत जनवरीमा साउदी अरबका १ सय २० स्थानीय व्यक्तिलाई इन्जिनियर प्रशिक्षणको लागि ब्रिटेन पठाउने बताइएको थियो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्