२६ असार २०८३, शुक्रबार

के कपिल शर्मा र सुनील ग्रोवरको सम्बन्ध सुध्रिएकै हो त ?

फागुन २७, २०७५
के कपिल शर्मा र सुनील ग्रोवरको सम्बन्ध सुध्रिएकै हो त ?

एजेन्सी- लामो समयदेखि कपिल शर्माको शो मा सुनील ग्रोवरको इन्ट्री हुने खबर आइरहेको छ । यद्यपि, यसबारेमा कपिल शर्मा या शो निर्माताको तर्फबाट कुनै पनि  जवाफ आएकव छैन । यसैबीच कपिल शर्मा र सुनील ग्रोवर एक पार्टीमा आमनेसामने भएका छन् । 

सोहेल खानकी पत्नी सीमा खानले आफ्नो घरमा बर्थ डे पार्टी राखेकी थिइन् । उक्त पार्टीमा सलमान खान, यूलिया वंतूर, सुनील ग्रोवर, सलमान खान, अरबाज खान, जर्जिया एंड्रियानी, अमृता अरोडा र बबी देओल सहभागी भएका थिए ।  

सीमा खानको बर्थ डे पार्टीमा कपिल र सुनीलबीच भेट भएको हुन सक्ने अनुमान लगाइएको छ । तर यसबारे कुनै जानकारी भने आएको छैन ।  

स्मरण रहोस्, कपिल शर्माले आफ्नो रिसेप्सनमा सुनील ग्रोवरलाई पनि निम्ता गरेका थिए । तर सुनील गएनन् । 

विमानमा कपिल र सुनीलबीच भएको झगडाले यी दुईको सम्बन्ध लामो समयसम्म चिस्सियो । तर अहिले उनीहरूको सम्बन्ध पूरै सुध्रिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्