×

NMB BANK
NIC ASIA

भूमिसम्बन्धि समस्या समाधान गर्न नसके कम्युनिष्ट सरकारको औचित्य रहन्न : अध्यक्ष प्रचण्ड

फागुन २७, २०७५

NTC
Premier Steels

पोखरा - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको विकास र समृद्धिसँगै भूमिसँग सम्बन्धि समस्या समाधान गरेर उत्पादन वृद्धितर्फ लाग्ने बताएका छन् ।

Muktinath Bank

सोमवारबाट पोखरामा शुरू भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भूमिहीनहरुको समस्या समाधान गर्न नसके दुईतिहाइको कम्युनिष्ट सरकारको औचित्य समाप्त हुने बताएका हुन् । ‘हामीले भूमिहीनहरुलाई मध्यनजर गर्दै कानून निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘त्यही नीति तथा कानूनलाई कार्यान्वयन गर्दै भू–उपयोग नीति अगाडि बढ्ने छ । भूमिहीन नागरिकले लालपुर्जा पाउने छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा सरकारमा रहँदा भूमिसँग सम्बन्धित समस्या समाधान गर्न नसक्ने हो भने जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी नराख्ने प्रचण्डको भनाई थियो ।


Advertisment
Nabil box
Kumari

निर्वाचन घोषणापत्रमा उल्लेख गरिएको प्रतिबद्धता अनुसार नै ४ वर्षभित्र भूमिको समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । ‘एक वर्ष बितिसकेको छ,' प्रचण्डले भने, 'अबको ४ वर्षमा पनि भूमिहीन नागरिकहरुको समस्या समाधान गर्न सकेनौँ भने हाम्रो पार्टीको समेत औचित्य छैन, त्यसैले समस्याको समाधानका लागि हामीले पहल गरिरहेका छौँ ।'

Vianet communication

सुकुम्बासी तथा भूमिहीनलाई अबको केही समयमा नै लालपुर्जा वितरण गरिने अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरे । लालपुर्जा वितरण गर्न नसकेपनि केही समयका लागि नागरिकको पहिचान खुल्ने गरेर परिचयपत्रको व्यवस्था गर्न लागिएको समेत उनले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भू-उपयोग सम्बन्धि नीति बनिसकेकाले अब छिट्टै जमिनको वर्गीकरण गर्ने बताइन् । उनले भूमि बैंक मार्फत् कृषि तथा पशुपालन गर्न चाहने कृषकहरुलाई जमिन उपलब्ध गराइने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x