२० असार २०८३, शनिबार

‘वलात्कार’पछि हत्या हुनेमा दलित युवती धेरै

फागुन २८, २०७५
‘वलात्कार’पछि हत्या हुनेमा दलित युवती धेरै

काठमाडौँ– बलात्कारपछि हत्या हुनेमा दलित समुदायका युवती तथा बालिकाहरूको संख्या अधिक देखिएको छ । 

दलित महिला संघले सोमबार १०९ औंँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा बलात्कृत हुनेमा दलित समुदाय अन्य जातिको तुलनामा बढी रहेको जानकारी दियो ।  संघले गरेको बलात्कारका घटनाको अध्ययन अनुसार कूल बलात्कारका घटनामा २१ प्रतिशत दलित युवती तथा बालिकाको बलात्कृत भएको पाइएको छ । कुल जनसंख्याको १३ प्रतिशत दलितको जनसंख्या छ । त्यसमा लगभग ५० प्रतिशत महिलाको संख्या छ । 
संघकाअनुसार गत बैशाखदेखि माघसम्मको घटना अध्ययन गर्दा ७२९ वटा घटनामध्ये १५४ वटा घटना दलित बालवालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुनेगरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको पाइएको छ । 

दलित महिला र बालवालिकामाथि बढ्दो हिंसा र न्यायमा पहुँचको अवस्था बिषयक सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी सांसद् अञ्जना बिशंखेले समाजमा दलित समुदाय जातीय भेदभाव तथा विभेदको शोषणामा परेको बताइन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्