०४ साउन २०८३, सोमबार

पीएसएल खेलेर सन्दिप आज स्वदेश फर्कँदै

फागुन २८, २०७५
पीएसएल खेलेर सन्दिप आज स्वदेश फर्कँदै

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर मंगलवार स्वदेश फर्कँदै छन् । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टीम व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए ।

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टीम लाहोरले प्रतियोगिताको १० खेलमा ६ अंक जोडेको थियो । उनको टीम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्