२६ असार २०८३, शुक्रबार

मकवानपुरमा जन्ती बस दुर्घटना, दुई जनाको मृत्यु

फागुन २८, २०७५
मकवानपुरमा जन्ती बस दुर्घटना, दुई जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

काठमाडौँ -भक्तपुरबाट जन्ती लिएर मकवानपुरको हेटौंडातर्फ जाँदै गरेको बस धरमपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।

३२ जना जन्ती लिएर गएको ना ४ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिकाको धरमपुरमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

'हामी पनि भर्खर आएका हौँ, बुझ्दै छौं,' भट्टराईले लोकान्तरसँग भने, 'घटनास्थलमा दुई जनाको मृत्यु भएको छ ।' घाइतेको संख्या यकिन नभएको भट्टराईले बताए ।

घाइतेलाई उपचारका लागि हेटौंडा चुरे पहाडी अस्पताल तर्फ लैजाने काम भइरहेको छ ।

प्रहरीका अनुसार नुवाकोट घर भई बालाजु बस्ने विकास धमला, भक्तपुरका नवराज परियारको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्