
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले वेवारिसे अवस्थामा फेला पारेको सामानलाई भन्सारमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीका अनुसार फागुन २६ गते दिउँसो वीरेन्द्रनगर नगरपालिका वडा नं. २ टेम्पुपार्कस्थित जुम्ला कर्णाली राजमार्ग सडक खण्डको बायाँ किनारामा तर्फ हरियोमा पहेलो रंग भएको बोरा थान १ र सेतो रंगको बोरा थान ६ बाधेको बेवारीसे अवस्थामा फेला पारेको थियो ।
उक्त बोराहरु खोली हेर्दा हरियोमा पहेलो रंगको बोरामा खुल्ला जिरा ३० के.जी प्रति के.जी रु.३५० को दरले रु.१०,५००, सुपर पावर झुम्का सुर्ती पोका ३०० प्रति पोका रु.३६० को दरले मुल्य रु.१,०८,०००, महेश चटपटा मटर नम्किन नामक दालमोट पोका १५० (एक सय पचास) प्रति पोका दर रु.८० असीको दरले मुल्य रु १२,००० गरी एक लाख तीस हजार पाँचसय रुपैंया बराबरको वेवारीसे सामान फेला पारेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार सामानहरु बरामदी मुचुल्का तयार गरी प्रतिवेदनका साथमा नेपालगंज भन्सार बिभाग बाँकेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाईएको हो ।