११ साउन २०८३, सोमबार

सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता गरोस् : वैद्य

फागुन २९, २०७५
सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता गरोस् : वैद्य

काठमाडौं- मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को स्थायी समितिको बैठकले विप्लवमाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न माग गरेको छ ।  

महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा बसेको बैठकले सरकारद्वारा एउटा कम्युनिष्ट समूहमाथि गरिएको फाँसीवादी व्यवहार निन्दनीय भएको बताउँदै प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको हो ।  

'केही समययता सरकारद्वारा नेकपा विप्लव समूहका नेताकार्यकर्ताहरुलाई व्यापक रूपमा धरपकड गर्ने तथा यातना दिने गरिएका कुरा सार्वजनिक भएका छन्,' बैठकको निर्णयको दोस्रो बुँदामा भनिएको छ, 'आफूलाई कम्युनिष्ट भनाउने सरकारद्वारा एउटा कम्युनिष्ट समूहमाथि गरिएको फाँसीवादी व्यवहार निन्दनीय छ । अतः हाम्रो पार्टी सरकारको यस प्रकारको फाँसीवादी गतिविधिको तथा व्यवहारको  कडा विरोध तथा भर्त्सना गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक रूपमा गर्न धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ ।' 

पार्टीले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिको दोस्रो बुँदामा प्रयोग भएको 'तराई-मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं' भन्नेलाई गठबन्धनले जनमत संग्रह भनेर अर्‍थ्याइएको भन्दै सहमतिमा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग भएकोप्रति त्यसको विरोध गर्ने जनाएको छ ।

साथै पार्टीले राष्ट्रिय अखण्डता तथा सार्वभौमिकता जस्तो संवेदनशील विषयमा सरकारका तर्फबाट तर्फबाट गल्ती भन्दै त्यसलाई अविलम्ब सच्याउन पार्टी विशेष आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्