१६ असार २०८३, मंगलबार

लिम्बूवान कार्यकर्ताले देखाए अर्थमन्त्रीलाई कालो झण्डा, मन्त्री भन्छन्– ‘संविधान अपूर्ण छ’

फागुन ३०, २०७५
लिम्बूवान कार्यकर्ताले देखाए अर्थमन्त्रीलाई कालो झण्डा, मन्त्री भन्छन्– ‘संविधान अपूर्ण छ’

विराटनगर– प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई धनकुटामा लिम्बूवान कार्यकर्ताले कालोझण्डा देखाएका छन् । किराँत याक्थुम चुम्लुङकै २२ औ  राष्ट्रिय चुम्लुङ बैठकमा सहभागी हुन जाने क्रममा ‘लिम्बूवान स्प्रिङ’का कार्यकर्ता बताउने केही युवाले मन्त्री आङ्बोलाई ‘लिम्बुवान विरोधी’ भन्दै कालो झण्डा देखाएका हुन् ।

प्रहरीले कालो झाण्डा देखाउने ११ युवालाई केही समय नियन्त्रणमा लिएर छाडेको छ । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि शुरु भएको परिषद् बैठकमा सहभागी हुन मन्त्री त्यहाँ पुगेका थिए । त्यही क्रममा लिम्बूवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले विरोध प्रर्दशन गलत नभएको बताए । उनले लोकतान्त्रिक अभ्यास प्रयोग गरेर प्रर्दशन हुनु सामान्य भएको बताए । घटनाको बारेमा मन्त्री आङ्बोले बिरोध, आलोचना, टिप्पणी र बहसले नै मान्छेलाई परिपक्व र स्पातिलो बनाउने भन्दै त्यो सामथ्र्य आफूले राख्नै पर्ने बताएका छन् ।

सबैले आफ्नो स्वतन्त्रता पूर्वक विचार राख्न पाउने, विरोध र आलोचना गर्न पाउने लोकतान्त्रिक र संवैधानिक अधिकार भएकोले आफ्नो सम्मान रहेको उनले प्रतिक्रिया दिएका छन् ।  

संविधान अपूर्ण
मन्त्री आङ्बोले संविधान आफैमा पूर्ण नभएको बताएका छन् । नेपालको संविधान २०७२ औचित्य र आवश्यकताको आधारमा संशोधन हुने उनले बताए । धनकुटा राजारानीमा किरात याक्थुङ चुम्लुङको २२ औं राष्ट्रिय बैठकको उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले संविधान पूर्ण नहुँदा अहिले केही विरोधका स्वरहरू आएको बताउँदै आवश्यकताका आधारमा संधिान संशोधन हुने उनको भनाइ छ ।

एक नम्बर प्रदेशको नाम सकेसम्म सबैको पहिचानलाई समेट्ने खालको नाम राख्न प्रयासमा जुटेको बताउँदै उनले यही हिउँदे अधिवेशनले नामको टुङ्गो लगाउँने समेत बताए । उनले प्रदेशको नामाङ्कन र राजधानीको विषयसहज विषय नभई जटिल भएको समेत उल्लेख गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्