०२ असार २०८३, मंगलबार

आमाले बयान फेरेपछि निर्मला प्रकरण नयाँ मोडमा

चैत १, २०७५
आमाले बयान फेरेपछि निर्मला प्रकरण नयाँ मोडमा

काठमाडौं– निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान प्रहरीले एकपछि अर्को गर्दै फरक फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ । 
प्रहरीले हतयामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयम् निर्मलाकी आमा दुर्गाेदेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ । 
आजको राजधानी दैनिकका अनुसार एकाएक निर्मलाकी आमा दुर्गादेवीले सुरुमै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी फेरि अलमलमा परेको हो ।
 निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलीपमाथि नै निर्मलाको हत्यामा संलग्न हुन सक्ने भन्दै बयान फेरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्