२९ जेठ २०८३, शुक्रबार

शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

चैत १, २०७५
शिक्षा उपसचिव १० घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौँ – कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै बिहीबार राजधानीको माइतीघर मण्डलमा धर्ना बसेका शिक्षा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले १० घण्टा नियन्त्रणमा राखेर छाडेको छ । बिहान ८:३० बजे धर्ना बस्न माइतीघर पुगेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदबारको टोलीले नियन्त्रणमा लिएर साँझ ५:३० बजे मुक्त गरेको हो ।

'धर्ना बस्ने तयारीमा माइतीघर मण्डल पुग्दै थिएँ,' उनले भने, 'यहाँ धर्ना बस्न पाउनुहुन्न भनेर उठाएर दिनभर प्रहरी कार्यालयमा लगेर राखे ।' उपसचिव पोखरेलले बुधबार साँझै धर्नाबारे मन्त्रालयका अधिकारी र पत्रकारलाई टेलिफोन गरी जानकारी गराएका थिए । उनले साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्