०३ असार २०८३, बुधबार

श्रीलङ्काका सेना प्रमुखद्वारा नेपाल भ्रमण

कात्तिक २०, २०७४
श्रीलङ्काका सेना प्रमुखद्वारा नेपाल भ्रमण
काठमाडौं, १ चैत — नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख जेसी डी सिल्भा ६ दिने भ्रमणको सिलसिलामा आज मंगलवार काठमाडौं आएका छन् ।


सिल्भालाई उपरथी विनोद कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणको क्रममा सिल्भाले राष्ट्रपति विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उनले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर तथा विभिन्न शिक्षण संस्थाहरूको निरीक्षण भ्रमण गर्नुको साथै नेपालका केही महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्