
काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्लाको दमकमा शाखा स्थापना गरेको छ ।
दमक नगरपालिका–६ सन्तविर चोकमा फागुन २७ गते आफ्नो ६९ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा १ नम्बर प्रदेश्को दोस्रो शाखा भएको र थप ७ शाखा पनि शीघ्र सञ्चालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीतिबारे समेत जानकारी गराए ।
काठमाडौं–३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखासहित ७२ वटा शाखा कार्यालय तथा २७ वटा एटीएममार्फत आफना ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ ।
बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।