२६ असार २०८३, शुक्रबार

कामना सेवाकोे ७३ औं शाखा बर्दिवासमा

कामना सेवाकोे ७३ औं शाखा बर्दिवासमा

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा शाखा विस्तार गरेको छ ।

बैंकले बर्दिवास नगरपालिकाको वडा नम्बर १  मा बिहीवार आफ्नो ७३ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले यससँगै प्रदेश नम्बर २ मा ६ वटा शाखा कार्यालय भएको र थप शाखा पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीति तथा बैंकले प्रदान गर्दै आएका बैंकिङ सुविधाबारे समेत जानकारी गराए । बैंकले पछिल्लो समय व्यवसायका दायरा बढाउने क्रममा नविनतम प्रोडक्टहरू ल्याउँदै तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आएको छ ।

काठमाडौं–३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखासहित ७२ वटा शाखा कार्यालय तथा २७ वटा एटीएममार्फत आफना ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ ।

बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्