०२ साउन २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा, रातो कार्पेट बिछ्याएर स्वागत [फोटोफिचर]

चैत १, २०७५
पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिरमा, रातो कार्पेट बिछ्याएर स्वागत [फोटोफिचर]

जनकपुरधाम – केही दिनदेखि तराईमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पूजापाठ गर्न जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेका छन् ।

पूर्वराजा शाह जानकी मन्दिरमा आउँदा समर्थकले लामवद्ध भएर स्वागत गरेका छन् ।

पूर्वराजा शाहको स्वागतका लागि मन्दिरमा रातो कार्पेट बिछ्याइएको छ भने समर्थकले फूलमाला र पूर्वराजा–रानीका तस्विर समातेर स्वागत गरेका छन् । मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा हस्तान्तरण गर्दै पूर्वराजा शाहलाई स्वागत गरे । 

देशको अवस्था बिग्रिएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह जनताबीच गएको उनी निकट समर्थकले बताउने गरेका छन् । केही हप्ता पोखरामा बसेका पूर्वराजा शाह केही दिनदेखि पूर्वी तराईका जिल्लाको भ्रमण गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्